माघ ८ गते संविधान जारी गर्ने भन्दै दलहरुले बजाएको डम्फु अन्ततः हात्ति आयो( हात्ति आयो फुस्सा झै भएको छ । पहिलो संबिधान सभा र दोस्रो संविधान सभाको चुनावमा जनताहरुले मतदान गरेर छानिएका सभासदहरुको तलव, भत्ता लगायतका खर्चको मात्र हिसाव गर्दा करिव डेढ खर्ब रकम सकिएको अनुमान गरिएको छ । यसो भनिरहँदा रकम खर्च गरेर उपलब्धि हुन नसक्नु पनि बिडम्बनाको कुरा हो तर अर्कोतर्फ मुलुकमा आएको नयाँ परिवर्तन सँगै नेपाल नेपालीहरुले अंगालेको विगतदेखिको धर्म र परम्पराहरुमाथिको एकाएक परिवर्तनले पनि अहिले मुलुकमा समस्या उत्पन्न भएको छ । पश्चिमा सँस्कृतिको प्रभाव संगै संघियता, जातियता लगायत कुराहरुमा एकाएक गर्न खोजिएको परिवर्तनको असर समेत अहिले दल र नेताहरुले थाम्न नसक्ने अवस्थामा रहेका छन् । ठूला दलहरुले बिभिन्न बाहानामा दोस्रो संविधान सभामा उठाएका अनावश्यक मुद्धाहरुले अहिले मुख्य नेता मात्र हैन सिगो पार्टीलाई समेत गलपासो भएको छ ।
माघ ८ गते नेताहरुले संविधान जारि नगरेपनि केही नयाँ सहमतीको कुराहरु दलहरुले बाहिर ल्याउँछन् होला भनेर विभिन्न संचार माध्यामहरु जनताले हेरीरहे तर लगातार एमाओवादी लगायतको मोर्चाले संविधान सभाको रोस्टम घेरेर संविधानको चिर हरण गरेको र अन्य दुई तिहाई बहुमत भएकाहरु केवल मुखदर्शक भएर एमाओवादी मोर्चाको तमासा मात्र हेरिरहेको आरोप पनि लगाइएको छ । जनताहरुले यसको मुल्याँकन गरेका छन् । अनावश्यक हरकत गरेर देशलाई अनिर्णयको बन्दी बनाउनेहरुका बिरुद्ध र जनताको करबाट उठेको अरबौ रकम सकेर निकास नदिनेहरुका बारेमा अव जनचासो बढाउनुपर्ने देखिन्छ ।








